नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिले मुलुकमा सरकारबाटै लोकतन्त्र खतरामा परेको टिप्पणी गरेका छन्।
जिपी कोइराला लोकतन्त्र समद्र्धन केन्द्रले मंगलबार काठमाडौंमा आयोजना गरेको लोकतन्त्रको संस्थागत बिकासमा देखिएका चूनौतिहरु बिषयक अन्तक्र्रियामा नेता सिटौलाले लोकतन्त्रमाथि खतरा बढेपनि प्रतिपक्ष दल काँग्रेस प्रतिवादमा उत्रन नसकेको समेत बताए ।
उनले सरकारले स्वतन्त्र संवैधानिक निकायहरु अदालत,संसद अख्तियारलाई समेत सरकारले प्रभावित पारेको आरोप लगाए। उनले अहिलेको अवस्थामा काँग्रेस मौन बसे कम्युनिष्ट पार्टीको मनपरी बढ्दै जाने तर्क गरे।
उनले पार्टीभित्रको विवाद अन्त्य गर्नका लागि शिर्ष नेताहरुसंगको छलफललाई तिव्रता दिएको जानकारी दिए ।