भारतले नेपालका लागि राजदूतमा विनयमोहन क्वात्रालाई पठाउने भएको छ। क्वात्रा हाल फ्रान्सका लागि राजदूत छन्। मन्जीभसिंह पुरीको कार्यकाल गत डिसेम्बरमा सकिएपछि भारतले क्वात्रालाई नयाँ राजदूतका रुपमा पठाउने भएको हो।
क्वात्रा ३० वर्षदेखि भारतीय विदेश सेवामा कार्यरत छन्। यसअघि उनले प्रधानमन्त्री कार्यालयमा सहसचिवको जिम्मेवारी सम्हालेका थिए भने उनले विदेश मन्त्रालयमा नीति योजना तथा अनुसन्धान विभागको जिम्मेवारी पनि लिएका थिए।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार क्वात्राको एग्रिमोका लागि भारतले प्रस्ताव पठाइसकेको छ। तर एग्रिमो भने पठाइसकिएको छैन। क्वात्राले आगामी फेब्रुअरीदेखि पद सम्हाल्नेछन्।