हाल समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्ना पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डलाई ट्वीटरमार्फत् उडाएका छन्। पहिचानको नारालाई बिर्सिएकोभन्दै उनले दाहाललाई व्यंग गरेका हुन्।
‘पहिचान’ लाई बागमतीमा सेलाएको सन्देश दिने नागरिक दैनिकको कार्टुन शेयर गरेर त्यसमा उनले लेखेका छन्, ‘हरिओम तत्सत, प्रचण्डयात् छबिलाल दाहाले रुपान्तरणम्, मधेसी थारु जनजाति सबै खत्तम’
कार्टुन साभारः नागरिक पत्रिका
भट्टराईको संकेत प्रदेश ३ को नामाकरणतर्फ थियो। पहिचानका लागि भन्दै लामो लडाइँ लडे पनि र १० वर्षे जनयुद्ध त्यसैका लागि लडेर १७००० जनताको ज्यान गएको अवस्थामा पहिचानलाई छाडेर पूरानै नाम अपनाइएकोमा उनले दाहालप्रति व्यंग गरेका थिए।
नेकपाको निर्देशनमा प्रदेश ३ सभाले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडामा राख्ने निर्णय गरेको थियो।