जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहको नेतृत्वमा पत्रकारहरुमाथि कार्यालयमै कुटपिट भएको छ।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, पत्रकार अमरकान्त ठाकुर, शुभाष कर्ण, राजा झालगायत १२ जना पत्रकारमाथि मंगलबार मेयर साहकै कार्यकक्षमा कुटिपट भएको हो।
मेयर र उनका सहयोगीहरुले पत्रकारमाथि हेल्मेटले आक्रमण गरेका हुन्। जानकी मन्दिर अगाडिको सडक विस्तारको क्रममा ८५ लाख रुपैयाँको चलखेलमा निजी घर बचाउन जानकी मन्दिरको फूलबारी अतिक्रमण गरी पर्खाल भत्काएको सम्बन्धमा प्रतिक्रिया लिन मेयरको कार्यकक्षमा पुगेको बेला पत्रकारहरुमाथि कुटपिट भएको हो।
कुटपिटमा मेयर साहले आफ्ना सहयोगी तथा नगर प्रहरी परिचालन गरेका थिए। कुटपिटबाट अमरकान्त ठाकुर, शुभाष कर्ण, सुमित मिश्र र राजा झा सामान्य घाइते भएका छन्।