नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाले राष्ट्रिय सभा नैतिकवान, जिम्मेवार र विद्वत वर्ग पुग्ने ठाउँ भएकोले योग्य उमेदवारलाई जिताउन आह्वान गरेकी छन् ।
नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज (साेमबार) आयोजना गरेको राष्ट्रिय सभाका उमेदवारसंग राखेको अन्तरसंवाद तथा पत्रकार सम्मेलनमा नेतृ संग्रौलाले राष्ट्रसभा भनेको मुुलुुकको नीती निमार्ण गर्ने ठाउँ भएकाले त्यस ठाउँमा सही र राष्ट्रप्रति जिम्मेवार व्यक्तिलाई पार्टीले उमेदवार बनाएको बताइन् । उनले राजनीतिक आस्था र विचार भन्दा पनि विज्ञहरु जाने राष्ट्रिय सभामा विधान बनाउने तथा परिस्कृत गर्ने थलो हो भनिन् ।
नेपाली कांग्रेस लोकतान्त्रीक पार्टी भएकाले पार्टी भित्रको अहिले बहसलाई सामान्य रुपमा लिनुुपर्ने उनले बताइन् । उनले कांग्रेसको महाधिवेशन आउन लागेकाले पनि पार्टी भित्र सानातिना मतमतान्तर आउनुु स्वाभाभिक भएकले यस्ता सानातिना कुुराले पार्टी एक्तामा असर नपर्ने बताइन्। सवै पार्टीमा मतमतान्तर छ भन्दै कांग्रेसमा पनि शिर्ष नेताहरुबीच केही मतभेद भएको होला त्यो सवै चाँडै समाधान भएर जाने उनको भनाई थियो ।
कांग्रेसले प्रदेश १ मा राष्ट्रसभामा राजेन्द्र घिमिरे, मिना पुलामी मगर र निरबहादुर विश्वकर्मालाई उमेदवार बनाएको छ । पत्रकार सम्मेलनमा उमेदवार घिमिरेले आफ्नो उमेदवारी व्यवसायिक क्षेत्रको विकासका लागि पनि भएको बताए । उम्मेदवार घिमिरेले पार्टीलाई सुदृढ एवं संगठित पार्न नेपाली काङ्ग्रेस क्रियाशील रहेकाे बताए ।