नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई सहमतीबाट महाधिवेशनको कार्यतालिका बनाउन र गुटको राजनीति त्यागेर सिंगो पार्टीको सभापति बन्न आग्रह गरेका छन्।
कोइरालाले बहुमतको आधारमा महाधिवेशनको मिति तोकिनु दुर्भाग्य भएको बताए। उिनले सभापतिकै कारण भ्रातृ एवं शुभेच्छुक संगठनहरु लथालिंग भएको बताए। कोइरालाले आफु पार्टी मजबुत बनाउने अभियानमा लागेकाले कसैसँग आग्रह र पुर्वाग्रह नराखेको पनि स्पष्ट पारे। ४४औं राष्ट्रिय मेलमिलापको अवसरमा नेपाली कांग्रेस मोरङले बयरबनमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै कोइरालाले कम्युनिष्टहरुको उग्रराष्ट्रवादले मुलुकको राष्ट्रियता कमजोर बनेको बताए।
“२०३३ सालमा बिपि कोइराला मेलमिलापको नीति लिएर नेपाल फर्कककदा जस्तो अवस्था थियो अहिले पनी राष्ट्रियता र प्रजातन्त्रको अवस्था उस्तै छ।“ कोइरालाले भने “त्यतिवेला राजा राष्ट्रियताका प्रतिक थिए त्यसैले बिपिले राष्ट्रियताको सवालमा मेरो र राजाको घाँटी जोडिएको छ भन्नुएको थियो।
बर्तमान सरकारले नियन्त्रित प्रजातन्त्रमार्फत मुलुकलाई एकदलीय ब्यवस्थामा लैजान लागी परेको उनको आरोप थियो। यो सरकारले प्रतिपक्षलाई दबाउने, कर्मचारीलाई समायोजनका नाममा तर्साउने, अध्यादेशमार्फत नागरिक र प्रेसका संबैधानिक हक,अधिकार खोस्ने, न्यायालय कब्जा गर्ने, सुरक्षा अंगमाथि नियन्त्रण राख्ने जस्ता सर्बसत्तावादी चरित्र देखाएकाले प्रजातन्त्रमाथि खतरा बढेको बताए।
पिछिल्ला दिनमा बढेको राष्ट्रपतीको सक्रियताप्रति आलोचना गर्दै कोइरालाले भने “संबैधानिक राष्ट्रपतीले पदय मर्यादा र गरिमा भुलेर दलीय कार्यकर्ताले जस्तो सक्रिय भुमिका देखाउन थालेकाले बिभिन्न शंका उपशंका सिर्जना गरेको छ।“
सरकारले यति होल्डिङ्स लगायत केही सीमित ब्यावसायीहरुलाई पक्षपोषण गरेर राष्ट्रिय सम्पतीमाथि अतिक्रमण गरिरहेको आरोप कोइरालाले लगाए।