नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुने बताएका छन्।
बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तोकिएको मितिमा सभापतिले महाधिबेशन गराउनेमा आशंका व्यक्त गरिरहेका बेला सभापति देउवाले विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसंग कुरा गर्दै तोकिएकै मितिमा महाधिबेशन गर्ने दाबी गरेका हुन्।
बरिष्ठ नेता रामचन्द्र पौडेललगायतले मिति तोक्नु पर्ने माग गरिरहेकोले महाधिवेशनको मिति तोकिएको उनको भनाई थियो। देउवाले सहमतिका आधारमा एकतावद्ध भएर पार्टीको महाधिवेशन हुने भन्दै यस विषयमा अनावश्यक विवाद गर्नु जरुरी नभएको उल्लेख गरे।
‘पार्टीका नेताहरुले एक्लै वा समूहमा जहाँ पनि आफूलाई भेट्न वा महाधिवेशनको बारेमा छलफल गर्न आए हुन्छ, भन्दै उनले भने सहमतिमा पार्टी चलाउनका लागि तीन बर्षसम्म कुरेर बसेको तर सहमति हुन नसकेपछि बहुमतको आधारमा निर्णय लिएर पार्टीलाई अघि वढाएको प्रष्ट पारे।
सभापति देउवाले सरकारले एमसिसी पास गर्नुको बिकल्प नभएको धारणा व्यक्त गरे। मुलुकको विकासका लागि पहिलो पटक अमेरिकाले दिएको यति ठूलो सहयोग स्वीकार्नुको बिकल्प नभएको उनले बताए। उनले सरकारलेसंसदबाट एमसिसी पास गर्नेमा आपूm विश्वस्त रहेको बताए।