समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आफ्ना हक, अधिकारका लागि मधेशमा एक पटक फेरी ठूलो आन्दोलन हुने ठोकुवा गरेका छन्। उनले अन्तिम आन्दोलनका लागि तयार रहन सबैलाई आग्रहसमेत गरे।
युवा संघ महोत्तरीको जिल्ला सम्मेलनलाई मंगलबार जलेश्वरमा सम्बोधन गर्दै अध्यक्ष यादबले वर्तमान सरकारले आफ्नो पार्टीसँग गरेको सम्झौतामा धोका दिएको बताए।
संविधान संशोधनको बाचा गरेको सकार पछिल्लो समय सो मुद्धाबाट पछाडि हट्न खोजेपछि आफूहरु सरकार छाडेर जनतामाझ आएको उनले स्पष्टिकरण दिए। उनले मधेश र मधेशीबासीलाई हकअधिकार दिन आनाकानी गरेको हुँदा आफ्नो हक र अधिकार प्राप्तिका लागि मधेशमा पुनः ठूलो आन्दोलन गर्नुपर्नेमा जोड दिएका हुन्।
यादवले संविधान संशोधन गरेर मधेश र मधेशीलाई बराबरीको हक नदिएसमम आन्दोलन जारी राख्ने उनको भनाई थयो। यादबले पार्टी सडक र सदन दुवै ठाउँबाट संघर्षका कार्यक्रम अगाडि बढाउने बताउँदै पूर्ण रुपमा अधिकार नपाएसम्म त्यसलाई निरन्तरता दिइने उल्लेख गरे।