नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वहुमतको आधारमा महाधिवेशनको मिति घाषणा गर्नु त्रुटिपुण रहेको भन्दै सच्याएर सहमतिमा महाधिवेशनको मिति घोषणा गरिनुु पर्ने बताएका छन्।
नेपाल प्रेस युनियन मोरङले विराटनगरमा सोमबार गरेको पत्रकार सम्मेलनमा डा. कोइरालाले एकलौटी रुपमा कांग्रेसको महाधिवेशन मिति घोषणा गरेर पार्टी सभापति अघि वढ्न खोजेको आरोप लगाए।
नेता कोइरालाले महाधिवेशको मिति लम्व्याउने भन्दा पनि सवैको सहमतिको २०७६मंसिरमा महाधिवेशन हुनुपर्ने बताए। त्यसका लागि पार्टी सभापतिले सहमती कायम गर्नुपर्ने उल्लेख गरे। कार्यतालिका परिवर्तन गरेर सभापतिले महाधिवेशनका लागि उपयुक्त वातावरण वनाउनुपर्नेमा उनले जोड दिए। नेता कोइरालाले सभापतिको बिरोध गरेको नभई आफूले सवैजना मिलेर जानुपर्नेमा जोड दिएको बताए।
सरकार संस्थागत भ्रष्टाचारमा
सरकारी जग्गा यति होल्डरलाई एकलौटी दिनु संस्थागत भ्रष्टाचार भएको डा. कोइरालाले आरोप लगाए। सरकारी जग्गा लिजमा दिदा पारदर्शी रुपमा टेन्डर आव्हान गरेर दिनुपर्ने उनको भनाई थियो।
वलियो सरकार भएर पनि सभामुखको चयन गर्न नसक्दा संसद अवरुद्ध भएको उनको भनाई थियो। मुलुकमा भ्रष्टाचार, महंगी वढेको भन्दै जनतालाई केन्द्रविन्दुमा राखेर सुशासन कायमगर्ने तर्फ सरकारको ध्यान जानु आवश्यक रहेको उनले बताए।
राजधानी र प्रदेशको नामाङ्कनका विषयमा प्रदेश सरकाले गर्नुपर्ने निर्णय नेकपा र सरकारले गर्नुले पनि वर्तमान सरकार एकलौटी शासन व्यवस्थमा जान खोजेको प्रष्ट हुने उनको भनाई थियो।
कोइरालाले हरेक विषयमा राष्ट्रपतिले राजनीतिक सक्रियता वढाउनु लोकतान्त्रिक शासन व्यबस्था सुहाउँदो काम नभएको बताए। राष्ट्रपति संवैधानिक भएकाले आफनो गरिमामा ध्यान दिन उनले आग्रह गरे।