नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले देशको विकासको जिम्मा युवाको काँधमा रहेको बताएका छन् । ११ औं कपिलबस्तु महोत्सको समापन समारोहमा बोल्दै उनले साे कुरा बताएका हुन् । नेता थापाले नेपालमा उद्योग कलकारखाना नखोली युवाहरु काम पाउन नसक्ने बताए ।
उनले भने बर्तमान सरकारले पनि जनताको आवश्यकता पूरा गर्न नसकेको बताउदै पार्टी भन्दा व्यक्ति चनाखो हुनुपर्ने अवस्था आएको बताए । सरकारले सरकारीकरण गरिएका औद्योगिक क्षेत्रहरुबाट कांग्रेसले फाईदा उठाएको सरासर झुठ भएको भन्दै सबै औद्योगिक क्षेत्रहरु निजी स्रोतले सञ्चालन गर्न आवश्यक रहेको पूर्वमन्त्री थापाले बताए ।
साथै नेपाली कांग्रेस बाणगंगा नगरकार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले बर्तमान सरकारले अहिले अदालत, प्रहरी, प्रेस सबैलाई हस्ताक्षेप गर्दै सत्ता कब्जा गर्ने दिवा सपना देखिरहेको बताए । उनले सरकारले विभिन्न विधेयकका नाममा मुलुकमा निरङकुशता लाद्ने कोशिष गरिरहेको थापाले बताए ।
हाल संसदमा सूचना प्रविधि विधेयक टेवल भैरहेको र सो विधेयक पास भएको अवस्थामा यदि कुनै जनताले सरकारका गतिविधिहरु प्रति आफ्नो मतभेद राखेको खण्डमा ५ वर्ष सम्म जेल सजाय हुने भएकोले मुलुकमा निरंकुशता हावी गराउने तर्फ सरकार उनमुख रहेको बताए ।