सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडल पक्षका नेताहरुबीचको बैठक भर्खरै सकिएको छ।
नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सोमबार बिहान बसेको बैठकमा सभापतिका तर्फबाट उपसभापति विमलेन्द्र निधि र पौडेलका तर्फबाट सिंहसहित दिलेन्द्र बडु र ह्रदयराम थानी सहभागी थिए।
बैठकमा नेवि संघ, तरुण दल, पार्टीका बिभिन्न बिभाग र महाधिबेशनको कार्यतालिका लगायतका बिषयमा सहमति गरेर अघि बढ्ने बिषयमा कुराकानी भएको छ।
बैठकमा महाधिबेशनको कार्यतालिका, नेविसंघ र तरुण गठन तथा बिभागका बारेमा सहमति गरेर अघि बढ्ने बिषयमा छलफल भएको छ।
सहमतिका आधारमा अघि बढ्नेमा दुबै पक्षका नेताहरुबीच सकारात्मक भए पनि ठोस सहमति नभएपछि पुनः आफ्नो टिममा छलफलका लागि चाक्सीबारीबाट दुबै पक्षका नेताहरु निस्केका छन्।
उपसभापति निधि सभापति देउवा निवास बुढानीलकण्ठ पुगेका छन् भने सिंहलगायतका नेताहरु बरिष्ठ नेता पौडेल निवास बोहोराटार पुगेका छन्।
याे पनि
कांग्रेसमा सहमतिको प्रयास जारी, चाक्सीबारीमा पुनः देउवा र पौडेलपक्षबीच बैठक