नेपाली कांग्रेसको भातृसंस्था नेपाल मुस्लिम संघको जिल्ला अधिबेशन शुरु भएको छ।
कांग्रेसको बिधानमा उल्लेख गरिएको व्यबस्था अनुसार भातृसंस्थाको कार्यकाल ३ बर्षको हुने भएकोले निर्धारित समयमै अधिबेशन सम्पन्न गर्ने गरी जिल्ला अधिबेशन शुरु गरिएको संघका केन्द्रीय अध्यक्ष अब्दुल सत्तारले बताए।
यसैक्रममा, अध्यक्ष सत्तारको उपस्थितिमा शनिबार सम्पन्न प्रदेश नं ५ को अर्घाखाँचीको अधिबेशनले रोज मोहम्मद मियाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्बिरोध चयन गरेको छ।
अर्घाखाँचीको अधिबेशनपछि बाँकेको नेपालगञ्जमा आयोजित मुस्लिम संघका कार्यकर्तासंगको भेटघाटमा अध्यक्ष सत्तारले पुस मसान्तभित्र अधिबेशन सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिएका थिए।
यसैगरी, प्रदेश नं १ को मोरंग जिल्ला अधिबेशन पनि शनिबार नै सम्पन्न भएको छ। अधिबेशनले आजाद आलमको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिको निर्बिरोध चयन गरेको छ।