वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिष्कारका बीच नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ।
पौडेल समूहलाई सहमतिमा ल्याउने दुई दिनको प्रयास विफल भएपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक झण्डै दुई घण्टा ढिलो सुरु भएको हो।
संस्थापन पक्षले विवादित विषयमा पौडेलमात्र होइन, महामन्त्री डा. शशांक कोइराला र प्रकाशमान सिंहसंग पनि भेटेर सहमतिका लागि छलफल भने जारी राखेको छ। पौडेल समूहको बहिष्कारका बाबजुद आज बैठक शुरु भए पनि सहमतिका लागि छलफललाई भने निरन्तरता दिने संस्थापन पक्षका नेताहरुले बताएका छन्।