नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङ्जा जिल्ला इन्चार्जसहित दुईजना गोरखामा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकामस्थित घ्याम्पेशाल चोकबाट उनीहरुलाई बिहीवार राति पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२७ का ३३ वर्षीय गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका–१ का ३२ वर्षीय जीवन क्षेत्री छन्।
पक्राउ परेका पराजुली स्याङजा जिल्ला इन्चार्ज हुन् भने क्षेत्री कार्यकर्ता। पराजुली र क्षेत्रीबिरुद्ध सार्वजनिक अपराध अन्तरगत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।