राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे (पाँचौं) अधिवेशन पुस ४ गतेका लागि आह्वान गरेकी छन् ।
मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको जानकारी दिएको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले पुस ४ गते संसदका दुवै सदनको बैठक आह्वान गर्न सिफारिस गरेको थियो ।संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।