राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तको सिफारिस प्रक्रिया असंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
आयोगका प्रमुख आयुक्त तथा आयुक्तको सिफारिस र नियुक्ति बदर गर्न माग गर्दै अधिवक्ता विष्णु लुइटेलले मंगलबार रिट दायर गरेका हुन्।
सोे रिटमाथि बुधवार सुनुवाई हुँदैछ। उपसभामुख डा. शिवमाया तुम्बाहम्फेको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले प्रमुख आयुक्तमा पूर्ब सञ्चार सचिव डा.महेन्द्रमान गुरुङ र आयुक्तहरुमा कमला ओली तथा दीपक मैनालीको नाम सिफारिस गरेको थियो।
संविधानतः सभामुखको अध्यक्षतामा रहेको समितिले सूचना आयोगका पदाधिकारीको सिफारिस गर्नु पर्दछ। जुन समितिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री र पत्रकार महासंघका अध्यक्ष सदस्य रहने व्यबस्था छ।
सभामुख पद रिक्त रहेको अवस्थामा उपसभामुखले नै सभामुखको अधिकार प्रयोग गरी तीनजनाको नाम नियुक्तिका लागि सिफारिस गरेकी थिइन्। संबिधानमा सभामुखको अनुपस्थितिमा उपसभामुखले सिफारिस गर्नसक्ने व्यबस्था छैन।