चिलीका ३८ सैनिक सवार एउटा जहाज अन्टार्कटिका जाने क्रममा बेपत्ता भएको छ । चिलीको एयर फोर्सले जारी गरेको वक्तव्य उद्धृत गर्दै बीबीसीले समाचार सम्प्रेषण गरेको छ ।
बीबीसीका अनुसार सी-१३० हर्कुलस ट्रान्सपोर्ट एयरक्राफ्ट नामको उक्त जहाज दक्षिणी सहर पुन्टा एरिनाजबाट करिब ६ बजे उड्नासाथ हराएको थियो ।
जहाजमा १७ क्रु मेम्बर तथा २१ यात्रु थिए । उनीहरु लजिस्टिक सपोर्टका लागि उडानमा रहेको बताइएको छ ।