भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर भ्रष्टाचार विरुद्ध सांसदहरूको विश्वव्यापी संगठनको सातौ विश्व सम्मेलन कतारको दोहामा शुरु भएको छ।
सम्मेलनमा विभिन्न राष्ट्रले भ्रष्टाचार विरुद्ध अवलम्बन गरेका नीति, कानुन र कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुदैछ। सो सम्मेलनमा संगठनका बोर्ड सदस्यसमेत रहेका नेपाली कांग्रेसका नेता एवं पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकाली सहभागी भएका छन्।
सम्मेलनमा भाग लिन जानुुअघि नेता थकालीले दिएको जानकारी अनुसार सम्मेलनमा सहभागी सदस्यहरुले आ–आफ्नो देशले अबलम्बन गरेका भ्रष्टाचार विरुद्धका नीति कानुन तथा कार्यान्वयनको अवस्थाका बारेमा सम्मेलनमा छलफल गर्नुका साथै अनुभव आदानप्रदान गरिने जानकारी गराएका थिए।
सम्मेलनमा विश्वभरका ६२ राष्ट्रका प्रतिनिधि सहभागी छन्। दुईदिने सम्मेलन मंगलबार सम्पन्न हुनेछ।