मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएपछि पहिलो पटक मन्त्रिपरिषदको बैठक बस्न लागेको हो। एपेन्डिसाइटिसको शल्यक्रियापछि दश दिन अस्पताल बसेर फर्किएपछि प्रधानमन्त्री विस्तारै काममा फर्किएका छन्।
१४ दिनअघि प्रधानमन्त्रीलाई शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। चार दिनअघि मात्रै प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएका थिए।
मन्त्रिपरिषद बैठक अपरान्ह ४ बजे बोलाइएको छ। यसअघि प्रधानमन्त्रीले पार्टी सचिवालय बैठकका एजेण्डाहरुका बारेमा अर्का अध्यक्ष प्रचण्डसँग पनि परामर्श गरेका थिए।