नेपाली कांग्रेसका उपसभापति विजयकुुमार गच्छदारले संविधान पूर्ण कार्यान्वयनका लागि मुुख्य दलबीच सहमती आवश्यक रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्दै गच्छदारले वर्तमान सरकारलाई पाँच वर्षका लागि सरकार संचालन गर्ने म्यान्डेड जनताले दिएकाले सहमती कायमगर्ने जिम्मेवारी ठूलो दलको भएको समेत बताए । संविधानको मूल्यमान्यता अनुुरुप सरकार चल्न नसकेकाले सहमती कायम हुुन नसकेको उनको भनाई थियो । उनले नेपाली कांग्रेसपनि सहमतीका साथ अघि बढ्न चाहेकाले संविधानको मूल्य मान्यता अनुुसार सत्तापंक्ष अघि वढनुुपर्नेमा उनले जोडदिए ।
उपसभापति गच्छदारले राजनितिक मुुठभेडले मुुलुुकको हित नहुुने भन्दै सहमतीको विकल्प छैन भने । भर्खरै सम्पन्न उप निर्वाचनमा कांग्रेसको ऐतिहासिक जित भएको उनको दावी थियो । धरान उपमहानगरपालिकाको जित कांग्रेसका लागि ऐतिहासिक भएको छ उनले भने,' नेकपाको पपुलर भोट घटेकाे छ ।
एक प्रश्नकाे जवाफ दिँदै नेता गच्छदारले कांग्रेसको महाधिवेशनको मिति एक वर्ष थप हुुन सक्ने बताए । पार्टीको विधानमा भएको व्यवस्था अनुुसार एकवर्षको म्याद थपगर्न सकिने भएकाले र आगामी २०७७ फागुुन मसान्त भित्र सम्म महाधिवेशन सम्पन्न हुुने उनले बताए ।