नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने बताएका छन्।
नेपाली कांग्रेस सिद्धार्थनगर नगर समितिको दोस्रो भेलाको शनिबार उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।
उनले भने, ‘अन्तरघात गरेर पार्टीलाई हराउन लाग्ने नेता कार्यकर्तालाई कसैले कुनै हालतमा बचाउनु हुुँदैन, कारवाही नभएसम्म पार्टी हार्दै जान्छ।’
हालै सम्पन्न उपनिर्वाचनमा कम्युनिष्टको लालकिल्ला धरानमा कांग्रेसले जित्नुलाई ठूलो सफलताको रुपमा उनले खुसी व्यक्त गरे। देउवाले भने, ‘विगतदेखि पार्टीले पराजय भोग्दै आएको स्थानमा चुनाव जित्नु ठूलो सफलता हो।’
कार्यक्रममा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले चुनाबमा जितहार भइरहने भन्दै अहिलेको सरकार जनअधिकार हनन गर्नमा केन्द्रित भएको आरोप लगाए।