पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले जबसम्म जनतामा चेतना आउदैन तब सम्म देश विकास सम्भव नहुने बताएका छन् । ११ औँ कपिलवस्तु महोत्सवको उद्घाटन गर्दे नेता नेपालले भने जति पनि साधन स्रोत भए पनि जब सम्म चहना हुदैन भने त्यो साधन स्रोतको कुनै औचित्य हुुँदैन ।
त्यस्तै उनले सबैसगँको सम्बन्धलाई भाईचाराको रुपमा स्थापित सबैसँग मित्रवत भावना राखेर सीमानाका सवाललाई सद्भाव पूर्ण रुपमा समाधान गर्नुपर्ने धारणा व्यक्त गरे । कपिलवस्तु एउटा प्राचिन इतिहास बोकेको जिल्ला रहेको र तिलौराकोट सँगै विभिन्न बुद्धसँग सम्बन्धित स्थलहरु यस क्षेत्रमा रहेको बताउँदै उनले पर्यटन प्रर्वदनको प्रयाप्त सम्भावना रहेको र अन्य पूर्वाधार निर्माण गरी कपिलवस्तु जिल्लामा कम्तिमा एक दिन भए पनि पर्यटकलाई राख्न सकेमा जिल्लाको विकासले फड्को मार्न सक्ने पनि प्रष्ट पारे ।
नेता नेपालले विश्व शान्तिको क्षेत्र लुम्बिनी नजिकै रहेको र शान्तिको देश भनि विभिन्न राष्ट्रका राष्ट्र प्रमूखहरु देखि सामान्य नागरिकहरु पनि नेपालमा घुम्न आउने र यहाँको ईतिहाँस विश्वसामु फैलाउने गरेको बताए । उनले घुमाउरो पाराले लुम्बिनी नै पाँच नम्बर प्रदेशको नामाकरण उपयुक्त हुने पनि धारणा व्यक्त गरेका छन् ।
त्यस्तै महोत्सवको उद्धघाटन कार्यक्रममा बोल्दै पूर्व कृषि मन्त्री चक्रापणी खनाल बलदेवले आफूले खसि र बोका तथा धुलो दुध अयातमा रोक लगाएको बताउँदै कपिलवस्तु जिल्लामा कृषि सँग सम्बन्धित विभिन्न पूर्वाधारहरु अगाडि बढेको तर पर्याप्त नभएको बताए ।
त्यस्तै पूर्व राजदुत दिपकुमार उपाध्यायले दलिय विवाद गर्ने समय अब नभएको भन्दै सबै मिलेर विगतका गल्ति कमजोरी र चुकेका विषयहरुलाई आत्मसाथ गर्दे विकासका लागि अगाडि बढ्नुपर्ने बताएका छन् ।
त्यस्तै प्रतिनिधि सभा सदस्य अतहर कमाल मुसलमानले कार्यक्रमलाई सम्बोधन गर्दे कपिलवस्तुको वाणगंगा क्षेत्रले सिँगो जिल्लालाई नै अगाडि बढ्न मद्धत पुर्याएको भन्दै लुम्बिनी प्रदेश र तिलौराकोटलाई प्रदेशको राजधानी बनउनुपर्नेमा जोड दिए ।
यस वर्ष युवाहरुले नेतृत्व गरेको वाणगंंगा वयलफेयर सोसाईटीले महोत्सवको आयोजना गरेको हाे । २५५ बढि व्यवासायिक स्टलहरु रहेको महोत्सवमा ५० बढि प्रदर्शनी स्टल राखिएका छन् । दुई दर्जन बढि राष्ट्रिय स्तरका विभिन्न कलाकारहरुको प्रस्तुती सँगै स्थानिय कला र संस्कृतिको जगेर्ना गर्ने उद्ध्ेश्यले युवा क्षमतामा अभिवृद्धि कृषि र पर्यटनमा समृद्धि भन्ने नाराका साथ महोत्सवको आयोजना गरिएको मेला मुल आयोजक समितिका निर्देशक दिनेश क्षेत्रीले बताएका छन् ।आज देखि सुरु भएको ११ औँ कपिलवस्तु महोत्सव पौष १ गते सम्म संचालन हुनेछ ।