प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले विदेशीको दानापानी खानेहरुले नेपाललाई प्रयोगशाला वनाउन खोजिरहेको वताएका छन्।
विराटनगरमा बुधबार आयोजित न्यायिक समिति कार्यसम्पादन र एकरुपता कानुन सम्वन्धी प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा वोल्दै मन्त्री कार्कीले नेपालमा वसेर विदेशीको पैसा खानेहरुले नेपाललाई प्रयोगशाला वनाउन खोजिरहेको आरोप लगाए। उनले नेपालको शिक्षा, स्वाथ्य तथा कानुन सम्वन्धी नीतिलाई अप्ठ्यारोमा पार्न खोजेर मुलुकको परिवर्तन उल्ट्याउन केही तत्वहरुले प्रयास गरिरहेको बताए।
कहिले संघीयता चाहियो भन्ने र मुलुकमा संघियता स्थापित भएपछि फेरी संघीयता भएन अव अर्को व्यवस्था चाहिन्छ भन्नेहरुले मुलुकमा राजनीतिक अस्थिरता ल्याउन खोजिरहेको मन्त्री कार्कीको भनाई थियो। संविधान कार्यान्वयन भई संघीय गणतन्त्र स्थापित भइसकेको सन्दर्भमा उनीहरुको त्यो सपना पुरा नहुने उनको दाबी थियो।
मन्त्री कार्कीले प्रदेश सरकारले कार्यविधि वनाएर न्यायिक समिति संचालनका लागि आगामी नीति तथा कार्यक्रममा वजेटको व्यवस्था गर्ने उनले जानकारी दिए। संघीयतालाई वलियो र कानुनी शासनलाई प्रभावकारी वनाउन पनि न्यायिक समितिलाई वलियो वनाउनुपर्ने उनको भनाई थियो।
प्रदेश नं १ मुख्य न्यायधिवक्ता चुडामणि आर्चायले न्यायिक समितिकै कारण जनताले न्याय पाउने गरेको उल्लेख गरे।
कार्यक्रममा सोलुखुम्बु जिल्लाको सोलुुकुण्ड नगरपालिकाकी उपाध्यक्ष कल्पना राई, इलामको सन्दकपुर गाउँपालिका उपाध्यक्ष शोभा पराजुली तथा दुहवी नगरपालिका सुनसरीकी उपाध्यक्ष सुनिता दाहाल साहले न्यायिक समितिमा कानुन अधिकृतको दरवन्दी, वजेट तथा दक्ष कर्मचारीको व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए।