मुख्य बिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर २६ गते बस्ने भएको छ।
दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा मंसिर १४ गते सम्पन्न उपनिर्बाचनको समीक्षा गरिने बताइएको छ।
यसैगरी, बैठकमा लामो समयदेखि अधिबेशन हुन नसकेका भातृसंस्थाको निश्चित समय तोकेर अधिबेशन गराउन निर्देशन दिने तथा करिब एक बर्षदेखि रिक्त नेविसंघको महाधिबेशन गराउने गरी नेतृत्व चयनका बिषयमा पनि छलफल हुने बताइएको छ।
कांग्रेसले उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन अनुरोध गरेको छ।