सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमण स्थगित भएको छ। अध्यक्ष दाहाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच सोमबार भएको छलफलपछि भ्रमण स्थगित भएको हाे।
राजदूत यान्छीसँगको भेटमा अध्यक्ष दाहालले नै भ्रमण पछाडि सार्ने प्रस्ताव गरेका थिए। प्रधानमन्त्रीको स्वास्थ्य स्थिति र पार्टी सञ्चालनको जिम्मेवारी लगायतका कारण अहिलेकाे अवस्थामा चीन भ्रमण जानु उपयुक्त नभएको निष्कर्षमा दाहाल पुगेका हुन् । दाहालकाे चीन भ्रमण तत्काललाई स्थगित गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा सी विचारधाराको अध्ययन र चीनको विकासको अवलोकनका लागि दाहाल नेतृत्वको टोली यहि मंसिर २२ गते चीन भ्रमणमा जाने तय भएको थियो।