सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले उपनिर्वाचनको पछिल्लो परिणमले पार्टीलाई गम्भीर समीक्षाको मोडमा पुर्याएको बताएका छन्।
प्रदेशसभा सदस्यका लागि भक्तपुर र धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा नेकपाले सोचेजस्तो मत पाउन नसकेको बताउँदै उनले यस्तो मत परिणामले पार्टीलाई गम्भीर समीक्षाको मोडमा पुर्याएको बताएका हुन् ।
नेकपाको गढ मानिएको भक्तपुर र धरानमा पार्टीले पराजय बेहोरेको विषयमा पार्टीले बैठक बोलाएर समीक्षा गर्नुपर्ने उनकाे माग छ ।उनले उपनिर्वाचनको परिणाम नेकपाकै पक्षमा आएको भए पनि धरान र भक्तपुरमा सन्तोषजनक अवस्था नदेखिएको प्रतिक्रिया दिए ।
उपनिर्वाचनले पार्टीको समग्र जीवन र राष्ट्रिय राजनीतिमा खासै प्रभाव नपार्ने भए पनि नेकपाप्रति जनताको धारणा बुझ्न सघाउ पुर्याएको उनकाे भनाइ थियाे ।