मुख्य निर्वाचन अधिकृतले बदर भएको दुई मतलाई सदर गरेर नेकपा उम्मेदवारलाई जिताएको भन्दै कांग्रेसले मतगणनास्थल बाहिर नाराबाजी गरिरहेको छ।
मतगणना सकिँदा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार जीवनराम सुवेदी कांग्रेसका सुवर्णमोहन पालिखे भन्दा एक मतले अघि छन्।
नेकपा उम्मेदवारले २२ र कांग्रेस उम्मेदवारले २१ मत ल्याएका छन्। विवाद भएपछि मुख्य निर्वाचन अधिकृत कार्यालयले औपचारिक घोषणा गर्न सकेको छैन।