धरान उपमहानगरपालिकाको वडा ७ को अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार जीवन सुवेदी १ मतले विजयी भएका छन् ।
सोमबार बिहान सार्वजनिक भएको मतपरिणामअनुसार नेकपाका उम्मेद्वार सुवेदी कांग्रेसका सुवर्ण पोलिखेभन्दा १ मत मात्र बढी ल्याएर विजयी भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार सुवेदीले ६ सय २२ मत ल्याएका छन् भने पालिखेले ६ सय २१ मत पाएका छन् ।