नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गढ मानिएको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले ऐतिहासिक जित उन्मुख छ । १२ सय मत गन्न बाँकी रहँदा कांग्रेसका उम्मेदवार २६०२ मतले अगाडि छन्। उनको २५९९५ मत छ भने प्रकाशको २३३९३ मत छ ।
बहुदलीय प्रजातन्त्र पुनस्र्थापना यता धरान नगरमा कांग्रेस विजयतर्फ उन्मुख भएको हो। कांग्रेसका कार्यकर्ताहरुले विजय जुलुसको तयारी गरेको प्राप्त समाचारमा जनाइएको छ।
धरानको प्रमुखमा तत्कालीन एमालेबाट विजयी भएका तारा सुब्बाको मिर्गौला रोगका कारण मृत्यु भएपछि उपनिर्वाचन भएको हो।
अघिल्लो निर्वाचनमा २० हजार ९७५ मत ल्याएर सुब्बा विजयी भएका थिए भने कांग्रेसका तिलक राईले १६ हजार १०२ मत ल्याएका थिए।
धरानमा कांग्रेस ऐतिहासिक जित उन्मुख
कम्युनिष्टको ‘गढ’ धरानमा कांग्रेसको अग्रता
विश्वप्रकाशले भने– परिवर्तनको पक्षमा उभिने धरानलाई बधाइ