मोरङको धनपालथान गाउँपालिका वडा नं २ को वडा अध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा नेपाली काङ्ग्रेस विजयी भएपछि विजयी र्याली निकालेको छ ।
बाजागाजासहित अविर यात्रागर्दै कांग्रेसले निकालेको र्यालीले धनपालथान गाउँपालिकाको विभिन्नभागको परिक्रमा गरेको थियो । र्यालीमा कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल तथा जिल्ला स्तरिय नेता कार्यकता तथा सर्वसाधारणको सहभागिता रहेको थियो
नेपाली कांग्रेसकाे तर्फबाट उम्मेदवारी दिएका नारायण प्रसाद साहले एक हजार ७०१ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का पंंकज मण्डलले एक हजार ४९७ मत प्राप्त गरे जिल्ला निर्वाचन कार्यालय मोरङले जनाएको छ। उक्त वडामा चार हजार ७४ मतदातामध्ये ३ हजार २८४ मत खसेको थियो ।