नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गढ मानिएको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ।
साँभ ५ बजेसम्मकाे मतगणना अनुसार कांग्रेसका उम्मेद्वार तिलक राईले नेकपाका उम्मेद्वार प्रकाश राईलाई ७४५ मतले पछाडि पारेका छन्। शुरुमा नेकपाका प्रकाशले अग्रता लिएको भए पनि वडा नम्बर १६ को मतगणना सकिदा तिलक राईले अग्रता लिएका हुन्। उनले ७९१५मत ल्याएका छन् प्रकाश राईले ७१७० मत प्राप्त गरेका छन् । जहाँ १६१६८ मत गणना भइसकेकाे छ।
धरानको प्रमुखमा तत्कालीन एमालेबाट विजयी भएका तारा सुब्बाको मिर्गौला रोगका कारण मृत्यु भएपछि उपनिर्वाचन भएको हो।
अघिल्लो निर्वाचनमा २० हजार ९७५ मत ल्याएर सुब्बा विजयी भएका थिए भने कांग्रेसका तिलक राईले १६ हजार १०२ मत ल्याएका थिए। यस पटक पनि कांग्रेसले राईलाई नै अघि सारेको छ।