उप-चुनावको परिणामले सत्तारुढ नेकपाको आन्तरिक द्वन्द्वलाई छताछुल्ल बनाइदिएको छ। भक्तपुर र भरतपुरको परिणामपछि द्वन्द्व सतहमा अएकाे हाे।
भक्तपुरमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका कृष्णलाल भँडेल १३ हजार ४ सय ४९ मत ल्याएर निर्वाचित भए। यसअघि जित हात पारेको सत्तारूढ नेकपा २ हजार २ सय ४३ मतले पछि पर्यो। नेकपाका उम्मेदवार डीपी ढकाल (देवीप्रसाद ढकाल) ले ११ हजार २ सय ६ मात्र पाए।
या मत दुई वर्षअघि तत्काली पूर्ब एमाले र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार हरिशरण लामिछानेले प्राप्त गरेको भन्दा कम हो।
ढकाल यसअघि पनि उम्मेदवार बनेका थिए। तर बागी उम्मेदवारी दिएका हरिशरण लामिछानेलाई नै गठबन्धन (पूर्ब एमाले र माओवादी केन्द्रको गठजोड) ले सघाउने निर्णय गरेपछि ढकाल पछि हटेका थिए। त्यतिबेला उनले ७ सय ८४ मत ल्याएका थिए।
अहिलेको चुनावमा त्यसकै असर परेको प्रस्ट देखिन्छ उप-चुनावका लागि ढकाललाई नेतृत्व तहले अघि बढाउने निर्णय गरेसँगै पूर्वमाओवादी इतरका नेताहरुले पार्टी कार्यालयमै तालाबन्दी गरी विरोध जनाएका थिए। पछि ताला खोलिए पनि चुनावी परिणाममा त्यसको असर प्रत्यक्ष देखियो। नेकपाका ढकाल भक्तपुरका स्थानीय पनि हाइनन्। पूर्ब एमालेको बुझाईमा काभ्रेका ढकाललाई जिताएर पठाएमा भोलिका दिनमा यो ठाउँ आफ्नो नहुने बिश्वास थियो।
भक्तपुर क्षेत्र नम्बर १ (क)मा पर्ने भत्केपाटी–नगरकोटको निर्माणाधीन सडकका दुई ठेकेदारमध्ये एक नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारी छन्। २०७० मा ठेक्का लगाएको १७ किलोमिटर लामो सडक सात वर्ष पनि निर्माण पुरा हुन सकेको छैन। जसका कारण स्थानीयले ठेकेदार अधिकारीको फोटो सार्बजनिक स्थलमा टाँसेर बिराध गरेका थिए। त्यसका असर पनि चुनाबमा देखिएकाे हाे।
यी र यस्ता अनेक कारण छन् जसले गर्दा नेकपाले सुरक्षित ठानेको प्रदेशसभा कांग्रेसको पोल्टामा पर्यो। यसले १८ महिनाअघि एकीकृत भएको नेकपा बाह्य रूपमा मिले पनि आन्तरिक रुपमा एक भएका छैनन् भन्ने सन्देश दिएकाे छ।
नेकपाका नेता ढकालको पराजयसँगै पूर्वमाओवादी नेता तथा राष्ट्रिय युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले फेसबुकमा लेखेका छन्, 'नेकपाभित्र एउटा प्रवृति छ, आफूलाई पहिलो दर्जाको र अर्कोलाई दोस्रो दर्जाको ठान्ने। चुनावको परिणाममा यो प्रवृत्तिले पनि काम गरेको छ।'
चुनाबी परिणामलाई लिएर नेकपाको भ्रातृ-संगठननजिक रहेर चितवनबाटै पत्रकारिता गरेका गोविन्द घिमिरेले माउपार्टीप्रति चर्को असन्तुष्टि जनाएका छन्। भरतपुरको मतपरिणाम सार्वजनिक भएसँगै निकै घत लाग्दो रुपमा एउटा फेसबुक स्टाटस अपलोड गरे।
प्रेस संगठन पत्रकार घिमिरेले फेसबुकमा लेखेका छन्, 'एमालेले एक्लै हुँदा जितेको भरतपुर १६ मा माओवादीसँगको एकीकरणपछि झन शर्मनाक पराजय व्यहोरेको छ। कुरो वडाको निर्वाचनको होइन। यसले केन्द्रीय सत्तामा खासै अर्थ नराख्ला। तर यो वडा प्रचण्डको निर्वाचन क्षेत्र पनि हो। अरु समीक्षा गर्दै गरौंला। प्रारम्भमा यत्ति भन्न मन लाग्यो- धेरै उम्लियो भने पोखिन्छ है !!'