कपिलबस्तुको शिवराज नगरपालिका वडा नं. १० मा राष्ट्रिय जनता पार्टीकी मन्जु मिश्रा विजयी भएकी छन्।
उनले ८ सय ६८ मत ल्याई विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार देवराज भारतीले ४ सय ६५ मत ल्याएका थिए।
त्यस्तै नेकपाबाट अदालत मनिहारले १ सय ४७, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी १ सय ७५, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी २८, राप्रपाबाट बलभद्र मिश्र ११, मत पाएका छन्। यहाँ २१ मत बदर भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा वडाध्यक्ष बनेकी शकुन्तला भारतीको आकस्मिक निधनपछि सो वडामा जनप्रतिनिधि रिक्त भएको थियो।