पोखरा महानगरपालिका ३३, भरतपोखरीको बरपान्डेथुम मतदानस्थलमा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटिएको छ । हस्ताक्षरबिनाको मतपत्र भेटिएपछि विवाद उत्पन्न भएको छ ।
विवादका कारण केहीबेर मतदान स्थगित भएको थियो । तर, सर्वदलीय आकस्मिक बैठकले हस्ताक्षर नगरिएका मतपत्र भेटिए सदर गर्ने सहमतिपछि पुन: मतदान सुरु भएको छ ।
मतदाताले मत हाल्न खोज्दा हस्ताक्षर नभएको मतपत्र भेटिएको भन्दै विरोध र होहल्ला सुरु भएको थियो । विवाद चर्किँदै गएपछि मतदान रोकिएको थियो ।
नेकपाका कार्यकर्ता र स्थानीय विरोधमा उत्रिएका थिए । उक्त केन्द्रमा कास्की क्षेत्र २ का नेकपा उम्मेदवार विद्या भट्टराईले पनि मतदान गरेकी छन् ।