सत्तासीन समाजवादी पार्टीले आइतबार कास्की–२ मा चुनावी प्रचारका क्रममा वाइडबढी विमान खरिदमा भएको अनियमितता र बालुवाटारस्थित जग्गा प्रकरणलाई मुल मुद्धा बनाएको छ।
चुनावी सभाअघि निकालिएको ¥यालीमा समाजवादीका कार्यकर्ताले वाइडबडी विमानको प्रतीकात्मक (डमी) र बालुवाटारस्थित जग्गाको लालपुर्जामा नेकपाका महासचिब बिष्णु पौडेलको फोटो राखेर प्रदर्शन गरेका थिए।
हेलिकप्टर दुर्घटनामा रविन्द्र अधिकारीको निधन भएपछि रिक्त उक्त सिटमा उनकै पत्नी विद्यालाई नेकपाले उम्मेदवार बनाएको छ। वाइडबडी प्रकरणमा स्व. अधिकारीको समेत नाम जोडिएकोले चुनावी मुद्दाका रुपमा वाइडबडीलाई अघि सारेको समाजवादी पार्टीका नेताहरु बताउँछन्।
चुनाबी सभाअघि चिप्लेढुंगाबाट निस्केको ¥यालीमा ‘वाइड बडी’ जस्तै देखिने कागजको विमानमा ‘वाइडबडीको ६ अर्ब’ लेखेर प्रदर्शन गरिएको थियो। उनीहरूले ‘सरकारी जग्गा कब्जा बन्द गर, भ्रष्टाचार बन्द गर’ नारा लगाएका थिए।
चुनावी प्रचारका क्रममा समाजवादी पार्टीले आयोजना गरेको चुनावी सभामा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव पनि सहभागी छन्।
समाजवादीले धर्मराज गुरूङलाई कास्की २ मा उम्मेदवार बनाएको छ।