नेपाली कांग्रेसनिकट देशभरिका वकिल पोखरामा भेला भएका छन् । नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसन (डीएलए) को वार्षिक साधारणसभामा सहभागी हुन वकिलहरु भेला भएका हुन् ।
स्थापनाको ३०औं वर्षमा प्रवेश गरेको अवसरमा डीएलएको साधारणसभामा सहभागी हुन नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, मीनेन्द्र रिजाललगायत नेताहरु पोखरा पुगेका छन् ।