नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषदसम्बन्धी ऐन परिवर्तनका लागि सरकारले ल्याउन लागेको अध्यादेश लोकतन्त्र र संविधानविपरित हुने भएकाले राष्ट्रपतिले लालमोहर लगाउन नहुने बताएका छन् ।
डेमोक्रयाटिक लयर्स एसोसिएसनको वार्षिक साधारणसभामा उनले अध्यादेशबाट ऐन बनेर नियुक्ति हुने कुनै पनि संवैधानिक आयोगका पदाधिकारी सर्वमान्य हुन नसक्ने बताए ।
पौडेलले भने, ‘म सम्माननीय राष्ट्रपतिज्यूलाई आग्रह गर्न चाहान्छु । उहाँ यो संविधानअन्तर्गत राष्ट्रपति बनेको हो भने अलोकतान्त्रिक अध्यादेशमा लालमोहर लगाउनु हुँदैन् ।’
पौडेलले संवैधानिक परिषद गठनसम्बन्धी अहिलेको व्यवस्थाको आफ्नै खालेको विशेषा महत्त्व रहेको बताए । उनले प्रधानमन्त्री केपी ओलीले संवैधानिक आयोगहरुलाई नियन्त्रण गर्नका लागि अध्यादेश ल्याउन लागेको दाबी गरे ।