बाग्लुङमा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। जिल्लाकाे निसिखोला गाउँपालिका वडा न.७ राजकुटबाट विभिन्न पार्टी परित्याग गरि एक सय जना नेपाली कांग्रेसका प्रवेश गरेका हुन्।
उपनिर्वाचनमहुने बागलुङ क्षेत्र न.२(ख)मा नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर शेरचनले गरेकाे चुनावी सभामा उनीहरु प्रवेश गरेका हुन्।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य शंकर भण्डारीले उनीहरुलाई साधारण सदस्यता प्रदान गर्नुका साथै टीका र माला लगाई प्रवेश गराएका छन्।
कांग्रेस प्रवेश गर्नेमा नेकपा, जनमोर्चा र राप्रपाका स्थानीय नेता तथा कार्यकर्ता रहेका रहेका छन्।