नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले इतिहासमै सबैभन्दा ठूलो राष्ट्रघात गरेको बताएका छन्।
राजधानीमा बिहिबार आयोजित नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषदको उद्घाटन गर्दै सभापति देउवाले भने, राष्ट्रवादको नाममा जनतालाई झुक्याएर चुनाव जितेका ओलीको राष्ट्रवाद कालापानीमा गएर समर्पणवादमा टुंगिएको छ। त्यसकारण सबैभन्दा ठूलो राष्ट्रघात कसैले गरेको छ भने त्यो ओली सरकारले गरेको छ।
ओली जस्ता समर्पणवादीले राष्ट्रवादको कुरा गर्न कत्ति पनि नसुहाउने भन्दै उनले नेपाली कांग्रेस वास्तविक अर्थमा राष्ट्रवादी पार्टी भएको दाबी गरे। समावेशीको सिद्धान्तलाई अंगालेर अघि बढेको कांग्रेस विगतदेखि नै मजदुरको हकहतिका पक्षका लड्दै आएको पार्टी भएको देउवाको भनाई थियो।
सीमा मिचिएको बिषयलाई संसदमा जोडका साथ कांग्रेसले उठाउँने बताउँदै कांग्रेस सभापति देउवाले आबश्यक परेमा त्यसका लागि संसद अबरोधसमेत गरिने बताए।