बलात्कारको प्रयास गरेको अभियोगमा जेल चलान भएका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा पुनरावेदन दर्ता गराएका छन् ।
संसद सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा हाल डिल्लीबजार कारागारमा रहेका महराले काठमाडौं जिल्ला अदालतको आदेशविरूद्ध पुनरावेदन दर्ता गरेका हुन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले तत्काल प्राप्त प्रमाणको आधारमा महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
करिब १५ दिनयता डिल्लीबजार कारागारमा चुपचाप बसेका महरा जिल्ला अदालतकाे फैसला विरूद् जुर्मुराउँदै पुनरावेदन पुगेका हुन् । आफूमाथि महराबाट बलात्कारकाे प्रयास भएकाे भन्दै पीडित महिलाकाे उजुरीकाे आधारमा उनलाइ गत १९ असोजमा प्रहरीले बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको थियो ।