सरकारले दुइ छिमेकी मुलुकसँग जाेडीएकाे सीमा निरीक्षण गर्न समिति बनाउने भएको छ । मन्त्रिपरिषद् बैठकले छुट्टाछुट्टै गरी नेपाल-भारत सीमा निरीक्षण समिति र नेपाल-चीन सीमा निरीक्षण समिति बनाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषदकाे निर्णयहरुबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बाेल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले कुटनीतिक र राजनीतिक प्रयासबाट सीमा विवाद टुंग्याउने बताए ।
भारतले नयाँ राजनीतिक नक्सा जारी गर्दा नेपाली भूभाग कालपानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समेटेपछि नेपालमा त्यसको विरोध भइरहेको छ ।
यस्तै, सरकारलेसेनाका ६१ जना रथीबृन्द तथा अधिकृतकहरुको सरुवा गरेको छ । प्रवाधिक सहायक रथी रामधर सिंहलाई प्राविधिक उपरथी र प्राविधिक महासेनानी कमलविक्रम शाहलाई प्राविधिक सहायक रथीमा बढुवा गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।