नेकपाका नेता प्रभु साहले मन्त्रिपरिषद् पुनर्गठनप्रति असन्तुष्टि जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुक मार्फत आफू लज्जित भएको प्रतिक्रिया दिएका हुन्। मन्त्रीका आकांक्षीसमेत रहेका साहले कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने भए पनि गुटगत पूर्वाग्रह र लेनदेनको आधारमा गरिएको आरोप लगाएका छन्। योग्यहरूलाई हटाएर अयोग्यलाई मन्त्री बनाइएको साहको दाबी छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका छन्। उनीहरुले आज पद तथा गोपनियताको सपथ लिँदै छन्।