प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति मन्त्रिपरिषद पुनर्गठन गरेका छन्।
दिनभरको छलफलपछि उनले राति अबेर मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।पुनर्गठित मन्त्रिमण्डमा उनले केहीलाई हटाएर केहीलाई नयाँ नियुक्त गरेका हुन्। प्रधानमन्त्रीले जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएकाे उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
केही मन्त्री हटाइएकाे र केहीकाे जिम्मेवारी हेरफेर गरिए पनि ईश्वर पोखरेल, योगेश भट्टराई,रामवहादुर थापा बादल, प्रदिप ज्ञवाली, गोकुल बस्कोटा र वर्षमान पुनको जिम्मेवारी यथावत रहेकाे छ।
हाल भारत भ्रमणमा रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिइएकाे छ। सधैजसाे संविधान संशाेधनकाे कुरा उठाउँने गरेका यादवलाइ नै कानुनमन्त्रीकाे जिम्मेवारी दिइएकाे हाे।
उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत रहेकाे छ।
प्रधानमन्त्रीले ६ मन्त्री र ३ राज्यमन्त्रीलाइ हटाएका छन्। हटाइएका मन्त्रीमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, कृषि मन्त्री चक्रपाणी खनाल 'बलदेव', उद्योग मन्त्री मातृका यादव, श्रम मन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वधार मन्त्री रघुवीर महासेठ, महिला बालबालिका मन्त्री थममाया थापा, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, कृषि राज्यमन्त्री राजकुमारी चौधरी र स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव रहेका छन्। यादव समाजवादी फोरमबाट राज्यमन्त्री बनेका थिए।
नव नियुक्त मन्त्रीहरूको सपथ भोलि नै हुने स्रोतले बताएको छ। प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने हिजो नै बताएका थिए।
र याे पनि
हट्ने पक्का भएपछि कृषिमन्त्री डेरा खोज्दै, उद्योगमन्त्री गुन्टा कस्दै