आजलाई मन्त्रिमण्डल पुनर्गठन नहुने भएकाे छ। अझैसम्म हट्ने र नयाँ बन्ने मन्त्रीहरुको टुंगो लाग्न नसकेकाले आजलाई मन्त्रिमण्डल पुनर्गठन नहुने सम्भावना बढेको हो।
आज बसेकाे नेकपाकाे सचिवालय बैठकले पनि नयाँ मन्त्रीकाे टुंगाे लगाउन सकेन । पार्टी भित्रकाे समिकरण मिलाउन नसकेकाले पुनर्गठन लम्बिएकाे हाे ।यसअघि हिजाेकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डल पुनर्गठन गर्ने बताएका थिए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि मन्त्रिपरिषद हेरेफेरका विषयमा अझै छलफल गर्न बाँकी रहेकाले आज हुने सम्भावना न्युन रहेकाे बताए। मन्त्रिपरिषद पुनर्गठन भोलिमात्र हुने स्राेतले बताएकाे छ।
राष्ट्रपति कार्यालय शितल निवास स्रोतले पनि सपथका लागि तयारी गर्न बालुवाटारबाट कुनै सन्देश नआएको बताएको छ।