नेपालमा मन्त्रीमण्डल पुनर्गठनको अन्तिम तयारी भइरहँदा समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नयाँ दिल्लीमा भारतीय नेतासँग भेटवार्ता गरेका छन्। उनले आज सत्तारुढ भाजपा महासचिव राम माधवसँग भेट गरेका हुन्।
सत्ता साझेदार समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले भने पार्टीलाई सरकारबाट बाहिरिन दबाब दिइरहेका छन्। हालै सम्पन्न समाजवादीको बैठकमा भट्टराईले यादवलाई सरकारबाट बाहिरिन दबाब दिएका थिए।