सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले ५ वर्षका लागि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि एमाले र माओवादी एकीकरण गर्दा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ५ वर्षको कार्यकाल पालैपालो प्रधानमन्त्री हुने सहमति भएको कुरा सार्वजनिक भएको थियो। सो सहमतिलाई ओलीले कार्यान्वयन नगरेको भन्दै प्रचण्डले असन्तुष्टि व्यक्त गर्दै आएका थिए।
यसैगरी बैठकले अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिने निर्णय गरेको छ। प्रचण्ड अध्यक्ष पदमा भए पनि ओलीले सम्पूर्ण कार्यकारी अधिकार आफूमा निहित गरेका थिए। सबै बैठकसमेत ओलीले नै सन्चालन गर्दै आएका थिए।