प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएर मन्त्री बन्न गरेको आग्रहलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले अस्वीकार गरेकी छन्।
मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार विहान उपसभामुख तुम्बाहम्फेसँगको फोनमा राजीनामा गरेपछि मन्त्री बनाउने आश्वासन दिएका थिए।
तर तुम्बाहाम्फेले तत्काल उपसभामुख पद छाड्दा प्रतिनिधि सभा अलपत्र पर्ने जानकारी प्रधानमन्त्रीलाई गराएकी थिइन्।
तुम्बाहाम्फेलाई मन्त्री बनाएर नेकपाले सभामुख आफैं राख्न राख्न खोजेको छ। संविधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्छ। नेकपाबाट तुम्बाहाम्फे उपसभामुख भइरहे सभामुख नेकपाले छाड्नुपर्छ।