प्रधानमन्त्री केपी शर्मा ओलीले भाेलि( बुधबार) मन्त्रीहरूको हेरफेर गर्ने भएका छन्।
मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले आफूले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको बताएका हुन्।
प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाइ भाेलि कुनै औपचारिक कार्यक्रम नराख्न समेत निर्देशन दिएकाे एक मन्त्रीले बताए । यद्पी प्रधानमन्त्रीले को-को मन्त्री बन्दै छन् र हट्दैछन भन्नेबारेमा खुलाएका छैनन् ।नयाँ मन्त्रीहरूकाे भाेलि नै सपथ हुने बताइएकाे छ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद हेरफेरकै विषयमा छलफल गर्न भोलि बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाएका छन्।