कालापानीबाट भारतलाई सेना फिर्ता लैजाउ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले भारतमा तरंग पैदा भएको छ ।
आइतवार राजधानीमा राष्ट्रिय युवा संघको राष्ट्रिय भेलामा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशन–प्रसारण गरेका हुन । प्रधानमन्त्रीको सो आग्रहलाई भारतीय उच्च अधिकारीबाट भने कुनै प्रतिक्रिया व्यक्त भएको छैन् ।
वर्तमान सरकार भारतसँग संवाद गर्न सक्ने हैसियतको भएको दाबी गर्दै प्रधानमन्त्रीले । नक्सा सच्याउनु भन्दा भूमि फिर्ता ल्याउने कुरा मुख्य भएकोले नेपाली भूमी फिर्ता ल्याएरै छोड्ने अभिव्यक्ति दिएका थिए ।