भारतले गरेको सीमा अतिक्रमणका विरूद्द प्रदर्शन भइरहेको बेला उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव भने सोमबार दिउँसो भारतको राजधानी नयाँ दिल्लीतर्फ लागेका छन्।
भारतले मिचेको नेपाली भूमिबारे देशभर विरोधको स्वर चर्किरहेका बेला यादव दिल्लीतर्फ लाग्नुलाई केहीले अर्थपूर्ण भनेका छन्।तर उनको सचिवालय भने यादव विशुद्ध स्वास्थ्यसम्बन्धी कार्यक्रममा गएको दाबी गरेको छ।
उपप्रधानमन्त्री यादव स्वास्थ्यसम्बन्धी एक कार्यक्रममा भाग लिन दिल्ली गएको बताइए पनि नेपालमा मन्त्रीहरु फेरिने चर्चा चलिरहेका बेला भएको उनको दिल्ली भ्रमणलाई राजनीतिज्ञहरूले अर्थपूर्ण रुपमा हेरेका छन् ।पाँच दिनसम्म दिल्लीमा रहँदा उनले त्यहाँ राजनीतिक भेटघाट पनि गर्ने स्रोतको बताएको छ।